Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीरगंजमा दुई कोरोना संक्रमितको मृत्यु


    शनिबार, भाद्र ६ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पर्सा । दुई नम्बर प्रदेशका बारा र पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धिसँगै मृत्यु हुनेको संख्या पनि बृद्धि हुँदै गएको छ । वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा दुईजना कोरोना संक्रमित बिरामीको  मृत्यु भएको छ । शनिबार बिहान उनको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिकाका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष रहेका छन् । मृत्यु भएका एक जना बहुदरमाइका ६१ वर्र्षीय पुरुष मुटु, दम र उच्च रक्तचापका बिरामी थिए भने वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय अर्का पुरुष मृर्गौला र मधुमेहबाट पीडित थिए ।

    बहुदरमाई नगरपालिकाका ६१ वर्र्षीय पुरुषको शनिबार बिहान र वीरगन्ज महानगरपालिकाका ५८ वर्षीय पुरुषको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालले जनाएको छ । योसंगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार