चितवन । पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतका ८४ बर्षीय पितामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनका एक बृद्धमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक बृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको थियो ।
उपचारका लागि आए लगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।
चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न रिपोर्ट सार्वजनिक गरिएको थिएन ।