हेटाैंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् ।
राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए ।
अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए ।
राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता व्यक्त गर्दै थापाले कार्यकर्ताहरुलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend