Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंको समूहले बानेश्वरमा गर्यो आन्दोलन सुरु


    शनिबार, फाल्गुन २० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा प्रदर्शन गरेको छ। काठमाडौं, मेडिकल व्यवसायी दुर्गा प्रसाईँ को समुहले घोषणा गरेको उक्त आन्दोलन काठमाडौंमा सुरु भएको हो ।

    बानेश्वरमा भइरहेको आन्दोलनमा विभिन्न संघ र संस्थाको समर्थन रहेको आयोजकले जनाएका छन । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गर्नेछन ।

    प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् ।

    पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका विभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार