काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कमल बहादुर शाहले भोलि (आइतबार ) विश्वासको मत लिने तयारी गरेका छन् । उक्त विश्वासको मत लिनेबारे शाहले हिजो शुक्रबार साँझ प्रदेश सभा सुदूरपश्चिम प्रदेशका सभामुखलाई पत्र पठाएर जानकारी गराएका छन् । यसअघि गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
रावलले तोकेको समयमा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपाली काँग्रेसका संसदीय दलका नेता कमल शाहलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरेका थिए ।
केन्द्रमा कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति लगायत दलको समीकरण बनेपछि प्रदेशमा शाहले विश्वासको मत पाउने लगभग पक्का भएको हो । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।
कांग्रेसका १९, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सदस्य छ्न् भने एमालेका १० र राप्रपाको एक गरी विपक्षमा ११ मत रहेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend