Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • अवैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा, धैर्य गर्न महासंघको आग्रह


    शनिबार, फाल्गुन २० २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीका उद्योगी व्यवसायीले खुला सीमाका कारण व्यवसायमा ठूलो असर परेको भन्दै केन्द्रिय स्तरबाट सीमा व्यवस्थापन गर्नुपर्ने बताएका छन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४ औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै उद्योगी व्यवसायीहरुले अहिलेको विषम परिस्थितीमा पनि सरकारले उद्योगी व्यवसायीलाई नजरअन्दाज गर्दै हेर्ने दृष्टिमा परिवर्तन नआएकोे बताए ।

    उनीहरुले खुला सिमामका कारण भइरहेको अबैध कारोबारले नेपाली उद्योगी व्यवसायी संकटमा परेकोले सिमा नाकालाई व्यवस्थित गर्दै सिमाबाट हुने अबैध व्यापारले सिमावारिका बजारका व्यवसायीहरुलाई पारेको प्रभावलाई कम गर्ने गरी ठोस नीति अवलम्वन गर्नुपर्ने बताए ।

    नियम पूर्वक भन्सार गरेर आएका सामानले अबैध समानासँग प्रतिस्पर्धा गर्न असम्भव भएकोले बेलहिया भन्सार नाकालगायत जिल्लाको प्रत्येक खुला सिमाना र नवलपरासी तथा कपिलवस्तु जिल्लाको सिमानाबाट समेत बढी संख्यात्मक मात्रामा अबैध सामान भित्रिदा एकातिर सीमा वारीका व्यवसाय शून्य भएको र सरकारको राजश्व समेत कम उठेकोले यसमा सरकार गम्भीर हुनु पर्ने बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले केही समय आर्थिक अवस्थामा संकट परेकोले सधै यस्तै नरहने औल्याउदै उद्योगी व्यवसायी नआत्ति धैर्य गर्न आग्रह गरे ।

    नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताउदै उद्योगी व्यवसायीको हकहितमा महासंघ लागिपर्ने भएकोले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवश्था आएकोले घटाउने तर्फ महासंघ लागेकाे बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार