काठमाडौं । युएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटले जित निकालेको छ। टस हारेर पहिले बलिङ गरेको नेपापलले १८० रनको लक्ष्य पाएको थियो। दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सम्पन्न खेलमा नेपालले सात विकेट गुमाएर १२ बल मात्र बाँकी रहँदा जित निकालेको हो।
खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्युगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रनमा समेटिएपछि नेपालले १८० रनको लक्ष्य पाएको थियो।
ब्याटिङ नेपालले निकै कमजोर सुरुआत गरे पनि अन्तिममा आशिफ, कुशल मल्ल र सन्दीपले सम्झनलायक प्रदर्शन गर्दै नेपालाई जिताएका थिए। खेलमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यी ब्याटर लगातार आउट भएपछि नेपाल ७४ रनमा छ विकेट गुमाएको कमजोर अवस्थामा थियो।
खेलमा आशिफले ८६ रन बनाए भने सन्दीपले ३५ र कुशल मल्लले २३ रन बनाएका थिए। आज सन्दीप आसिफले आठौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। नेपालविरुद्धको खेलमा आस्साद भालाले तीन विकेट लिए भने सेसे बाउ र सेमो कमियाले समान २/२ विकेट लिएका थिए।
पहिलो पारीमा, बलिङतर्फ नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट गिराएका थिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि समान १/१ विकेट लिएका थिए।
यता पपुवा न्युगिनीका टोनी उराले ३९, हिरी हिरीले ३१ र पिप्लिन डोरिगाले २६ रन बनाएका थिए। यो खेलमा जित निकालेपछि नेपालले ३० खेलमा ३० अंक बनाएको छ। ३१ अंक बनाएको युएई पाँचौ स्थानमा छ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend