काठमाडौं । युएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत अहिले सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनियामाथि तीन विकेटले जित निकालेको छ। टस हारेर पहिले बलिङ गरेको नेपापलले १८० रनको लक्ष्य पाएको थियो। दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सम्पन्न खेलमा नेपालले सात विकेट गुमाएर १२ बल मात्र बाँकी रहँदा जित निकालेको हो।
खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पपुवा न्युगिनीले चार बल बाँकी रहँदै सबै विकेट गुमाएर १७९ रनमा समेटिएपछि नेपालले १८० रनको लक्ष्य पाएको थियो।
ब्याटिङ नेपालले निकै कमजोर सुरुआत गरे पनि अन्तिममा आशिफ, कुशल मल्ल र सन्दीपले सम्झनलायक प्रदर्शन गर्दै नेपालाई जिताएका थिए। खेलमा कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, रोहित पौडेल, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले दोहोरो अंकमा रन बनाउन सकेनन्। यी ब्याटर लगातार आउट भएपछि नेपाल ७४ रनमा छ विकेट गुमाएको कमजोर अवस्थामा थियो।
खेलमा आशिफले ८६ रन बनाए भने सन्दीपले ३५ र कुशल मल्लले २३ रन बनाएका थिए। आज सन्दीप आसिफले आठौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए। नेपालविरुद्धको खेलमा आस्साद भालाले तीन विकेट लिए भने सेसे बाउ र सेमो कमियाले समान २/२ विकेट लिएका थिए।
पहिलो पारीमा, बलिङतर्फ नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट गिराएका थिए। त्यस्तै, करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले पनि समान १/१ विकेट लिएका थिए।
यता पपुवा न्युगिनीका टोनी उराले ३९, हिरी हिरीले ३१ र पिप्लिन डोरिगाले २६ रन बनाएका थिए। यो खेलमा जित निकालेपछि नेपालले ३० खेलमा ३० अंक बनाएको छ। ३१ अंक बनाएको युएई पाँचौ स्थानमा छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend