काठमाडौं । कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेकाे छ।
पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्यो। यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे। ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाए। आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका उनले ७६ बल खेल्दै १२ छक्का र ६ चौकासहित ११९ रन बनाए।
६० बलमै शतक हानेका उनी युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत हुन्। यसअघि वृत्य अरविन्दले ६९ बलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए। यस्तै वृत्य अरविन्दले ३३ रन बनाउँदा सिपी रिजवानले नटआउट २९ रन बनाए। यस्तै आयन अफजाल खानले २७ रन बनाउदा आशिफ खान ११ रनमा अभिजित रहे।
पिएनजीका रिले हेकुरेले २ तथा काबुआ मोरेआ र जोन कारिकोले १-१ विकेट हात पारे। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो।
उसका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए। यस्तै नर्मन भानुवाले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे। हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट रहे।
युएईका लागि तीव्र गतिका बलर हजरत बिलालले सर्वाधिक ४ विकेट लिए। रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट हात पारे। यो सँगै पिएनजीले लिग २ का सबै ३६ खेल सकाएको छ। ५ जितसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा रहेको लिग अत्य गर्यो। यता आफ्नो १५ औं जित निकालेको यूएईले ३३ अंक जोडेको छ। अब लिग २ को अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्नेछ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend