Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित किशोरीसँग २ सय ५ यात्रु रहेको खुलासा, उनीहरुको खोजी हुँदै 


    सोमबार, चैत्र १० २०७६
    770
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, १० चैत ।फ्रान्सबाट कतारको दोहा हुदै नेपाल आएकी एक किशोरीमा कोभिड १९ को पुष्टि भएको छ । उनी गत मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल  आएकी थिइन् ।

    उनीसँगै दोहाबाट फ्लाइट नम्बर क्यू आर ६५२ नम्बरको फ्लाइटमा २ सय ५ जना यात्रु नेपाल आएका थिए । तर उनीहरुलाई अझसम्म पनि क्वारेन्टाइनमा राखिएको छैन । उनीहरुको खोजी कार्य सुरु भएको छ 

    कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी युक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

    पाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतारको  उनी नेपाल आएकी थिइन् । 

    कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । 

    त्यही जहाजमा हाल संक्रमण पुष्टी भएकी युवती पनि रहेकी थिइन् ।   
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार