Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली लाइसेन्स बनाएको आरोपमा युवक पक्राउ


    मंगलबार, फाल्गुन १६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सवारी चालक अनुमतिपत्र लाइसेन्स नक्कली बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछापका २८ वर्षका नवीन मानन्धरलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका उनको साथबाट दुई वटा नक्कली लाइसेन्स पनि बरामद गरेको छ । उनले मोटरसाइकल, स्कुटर र बसको लाइसेन्स नक्कली बनाएर प्रयोग गरेको पाइएको अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

    उनीमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार