Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुवा खेल्ने सात जना चन्द्रागिरीबाट समातिए


    सोमबार, फाल्गुन १५ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्द्रागिरीमा जुवा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन । चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेकाहरु माथी थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार