काठमाडौँ, १० चैत ।अफगानिस्तान, श्रीलंका र बंगलादेशले पनि कोभिड-१९ सार्क इमर्जेन्सी फन्डुमा सहयोग गर्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरससँग लड्नका लागि सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्समार्फत् कोषको स्थापना गर्ने निर्णय गरेका थिए।
सोही निर्णय अनुसार अफगानिस्तानले एक मिलियन डलर सहयोग गर्ने निर्णय गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै जानकारी दिएका छन्।
त्यस्तै, श्रीलंकाले पाँच मिलियन डलर र बंगलादेशले साढे एक मिलियन डलर सहयोग गर्ने जानकारी गराएका हुन्।
प्रधानमन्त्री मोदीले तीनै राष्ट्रका प्रमुखलाई धन्यवाद दिएका छन्।
कोष स्थापना गरेकै दिन भारतको तर्फबाट मोदीलले एक करोड अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेका थिए। नेपालले पनि यस कोषमा १० करोड सहयोग गर्ने निर्णय गरेको थियो।