Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • लागुऔषध र हातहतियारसहित पाँच जना पक्राउ


    शनिबार, फाल्गुन १३ २०७९
    3.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरबाट विभिन्न हातहतियार तथा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीले १३ केजी चरेश, १५ सय केजी गाँजा र विभिन्न हातहतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका–६ दुम्सीखर्क बस्ने ७६ वर्षीय जितबहादुर मोक्तान, २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शिखर घले रहेका छन् ।

    जितबहादुरको घर र गोठ खनतलासी गर्दा हातहतियार र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना र बरामद लागुऔषधका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार