Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • बौद्ध र थली एरियामा गुण्डागर्दी गर्ने पाँच जना पक्राउ


    बुधबार, साउन १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको बौद्ध र थली एरियामा गुण्डागर्दी गर्ने पाँच जना पक्राउ परेका छन् । समूहमा गएर उनीहरुले सर्वसाधारणलाई कुटपिट समेत गर्ने गरेको गुनासोका आधारमा मंगलबार अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका श्याम बहादुर लामा, भीम बहादुर बस्नेत, गोविन्द गजमेर, प्रविण तामाङ र रामेछाप घर भएका बिक्की लामा उर्फ बाफ्ले रहेका छन् । उनीहरुले सर्वसाधारणसँग विवाद गरेर डरत्रास र भय सिर्जना गर्ने गरेको प्रहरीले जनाएको छ ।

    आरोपीतहरुलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार