Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको बजार मूल्य, कतिमा हुँदैछ कारोबार ?


    आइतबार, फाल्गुन ७ २०७९
    5.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार मूल्य सार्वजनिक गर्दै सुनको मूल्य तोलामा ७०० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको जानकारी दिएको छ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार