Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकिङ सेवा बन्द नगर्न राष्ट्र बैंकको आदेश


    सोमबार, चैत्र १० २०७६
    730
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, १० चैत ।  कोरोना भाइरसका कारण बैँकिङ सेवा बन्द भए सर्वसाधारणलाई मर्का पर्नै भन्दै  नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई बैंकिङ सेवा बन्द नगर्न निर्देशन दिएको छ।  राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्तीय कम्पनी र लघुवित्त वित्तीय संस्थालाई बैंकिङ कारोबार बन्द नगर्न निर्देशन दिएको हो।

    नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले आइतबार सूचना जारी गर्दै सरकारले नेपाल राजपत्रमा उल्लेख गरेका अत्यावश्यक सेवामा बैंक तथा वित्तीय संस्था पर्ने भएकाले बैँक तथा वित्तीय संस्थालाई बैंकिङ सेवा बन्द नगर्न निर्देशन दिएको  बताए। सर्वसाधारणमा कोरोनाको त्रास बढ्दै गएका बेला बैंक तथा वित्तीय संस्था बन्द गर्नुभन्दा सकेसम्म कार्यालयमा न्यून कर्मचारी राख्ने, रिमोट एक्सेस, घरबाटै काम तथा सिफ्टमा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको उनले बताए। त्यसैगरी, बैंकमा कम भीडभाड गर्न विद्युतीय कारोबारलाई प्रोत्साहन दिनुपर्ने सूचनामा उल्लेख छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार