Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अविरल वर्षाका कारण ताजाँकोटमा ठूलो क्षति, ३०० घरधुरी विस्थापित


    शनिबार, साउन ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकामा ३०० घरधुरी विस्थापित भएका छन् । लगातार परेको अविरल वर्षाका कारण ताजाँकोट गाउँपालिकाको वडा नं ३ र ४ मा बढी क्षति पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष लालकेस जैशीका अनुसार अविरल वर्षाका कारण ३०० घरधुरी विस्थापित भएका छन् भने ३० घरमा बढी क्षति पुगेको छ । वडा नं ३ र ४ मा रहेका सार्वजनिक संस्था, विद्यालय भवन, वडा कार्यालयसमेत भत्काएको अध्यक्ष जैशीले जानकारी दिनुभयो ।

    चन्द्रप्रकाश मावि भदालदीपु, जनप्रकाश निमावि काडागाउँ, रामदेव निमावि रामागाउँमा रहेका तीन विद्यालय भवनमा एक महिना लगातार परेको अविरल वर्षाले क्षति गरेको अध्यक्ष जैशीले बताउनुभयो । यस्तै उतिसेनी, छप्प्रेला बजार, भदालदीपु, गल्लावाडा, खर्ररा देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलालामगडा गाउँमा बढी क्षति पुगेको छ । अविरल वर्षाका कारण विस्थापित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थानीयवासीले माग गरेका छन् । स्थानीयस्तर र जिल्ला तहबाट सबै प्रक्रिया पूरा भएको अध्यक्ष जैशीको भनाइ छ । सङ्घ र प्रदेश सरकारले तत्काल राहत र उद्धारको व्यवस्था गर्ने तयारी गरेको उहाँको भनाइ छ । मानवीय क्षति अहिलेसम्म नभएको पनि क्षति हुनबाट जोगाउन सबै पक्ष जुट्नुपर्ने देखिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार