Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज ३ जना थपिएसँगै कोरोनाको कारण ज्यान गुमाउने १०२ पुगे


    शनिबार, साउन ३१ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पर्सा, धनुषा र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । 

    शनिबार नेपालमा थप ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। संक्रमितमध्ये १७ हजार २ सय १ जना निको भएर घर फर्किएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार