काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। संक्रमितमध्ये १७ हजार २०१ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १ सय २४ जना घर फर्किएका छन्।