Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोन सम्वाद


    शनिबार, साउन ३१ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन सम्वाद भएको छ । आज दुई देशका प्रधानमन्त्रीबीच सम्वाद भएको हो ।  

    भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा ओली र मोदीबीच फोन सम्वाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

    ‘फोनवार्ता भएको छ’, थापाले भने, ‘कुराकानीको थप जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ ।’ 

    यसअघि भारतले नेपाली भूमि कालापानीमा सडक निर्माण गरेसँगै प्रम ओलीले फोनवार्ता गर्न धेरैपटक प्रयास गर्दा कुरा हुन सकेको थिएन । त्यसपछि नेपालले आफ्नो भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै  नयाँ नक्शा जारी गरेसँगै दुई देशका प्रधानमन्त्रीबीच कुराकानी नै बन्द भएको थियो । 

    आज दुई प्रमबीच कुराकानी भएसँगै नेपाल-भारत विवाद समाधानको दिशामा गएको आँकलन गरिएको छ । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार