काठमाडौँ, ९ चैत । किर्तिपुर नगरपालिकाले वडा नं. ३ को तीन औषधि पसलमा तालाबन्दी गरेको छ। बजार अनुगमनका क्रममा नगरपालिकाले तीन औषधि पसल तालाबन्दि र एक मिठाइ पसलबाट ३० वटा ग्यास सिलिन्डर बरामद गरेको हो।
काठमाडौँ, ९ चैत । तालाबन्दी गरिएको औषधि पसलमा मिति सकिएको औषधिहरू राखिएका र लाइसेन्स प्राप्त फार्मेसिस्ट नबसी अरू नै मानिस बसेका कारण तालाबन्दी गराएको नगरपालिकाका उपप्रमुख सरस्वति खड्काले जानकारी दिइन्।
नगरपालिकाको उपोभोक्ता संरक्षण समिति र बजार अनुगमन टोलीले संयुक्त रूपमा वडा नं.५, वडा नं.८ र वडानं.९ का पाँच औषधि पसल र पाँच ग्यास पसलमा अनुगमन गरेको थियो।
सोही क्रममा एक मिठाइ पसलबाट ३० ग्यास बरामद गरिएको थियो । उक्त ग्याँस बरामद गरी महानगरीय प्रहरी वृत्तमा राखिएको छ।
उपप्रमुख खड्काले यस पटक विश्वविद्यालयका विद्यार्थीहरुको सहयोगमा खवर नगरी छड्के अनुगमन गरिएको जनाकारी दिएका छन् ।