Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • ५९४ नयाँ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५ हजार कट्यो


    शुक्रबार, साउन ३० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ९४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ ।

    पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी संक्रित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २४० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७  हजार ७७ जना डिस्चार्ज भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९१३  पुगेको छ ।

    पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११  हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ४ लाख ९४ हजार ६१३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर १४ हजार ६३८ जना क्‍वारेन्टिनमा रहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार