Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढोका थुनेर जबर्जस्ती चेकमा सही गराउने गाउँपालिका अध्यक्ष खड्का पक्राउ


    शुक्रबार, साउन ३० २०७७
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उपभोक्ता समितिका पदाधिकारीलाई अपहरण गरेको आरोपमा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पक्राउ परेका छन् । खड्काले लिखु तामाकोशी वडा नम्बर ७ की वडा सदस्य सजिना बुढाथोकी लगायतका उपभोक्ता समितिका पदाधिकारीलाई ढोका थुनेर चेकमा सही गराएको उजुरी जिल्ला प्रहरी कार्यालय रामेछापमा परेपछि उनलाई पक्राउ गरिएको समाचार छ । बुढाथोकी लगायतका उपभोक्ता समितिका पदाधिकारीलाई जबर्जस्ती चेकमा सही गराएर खड्काले नै बैंकबाट साटेका थिए ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी बसन्त पाठकले शरीर बन्धक बनाएर खाली चेकमा हस्ताक्षर गर्न लगाएको उजुरी आएपछि पक्राउ गरेको जानकारी दिएका छन् ।
    पक्राउ अभियुक्त खड्कालाई शरीर बन्धकको कसुरमा म्यादथप गरी अनुसन्धान बढाइने डीएसपी पाठकले बताए ।

    अध्यक्ष खड्कामाथि लिखु तामाकोशी १ दुरागाउँमा विद्युतीकरण गर्दा ५ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोप पनि लागेको छ । अति नै सनकी स्वभावका उनले उपाध्यक्ष दिपशिखा दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहरालाई पनि झुटा उजुरी दिएर मुद्दा दायर गरी दुःख दिइरहेका छन् । उनका कारण लिखुतामाकोशीको विकास नै अवरुद्ध भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार