Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीमा भेटिए ११ नयाँ कोरोना संक्रमित


    शुक्रबार, साउन ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    शुक्रबार नेशनल प्याथ ल्याब बुटवलमा गरिएको परीक्षणमा थप ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु बुटवल उपमहानगरपालिकाका ५ जना र सिद्धार्थननगर नगरपालिकाका ६ जना रहेका छन्।

    योसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय १७ पुगेको छ। संक्रमितमध्ये ३२८ जना निको भएर घर फर्किएका छन् भने ७७ जनाको अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार