Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा थपिए २४ नयाँ जनामा कोरोना


    शुक्रबार, साउन ३० २०७७
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रौतहट । रौतहटमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका आठ कर्मचारीसहित १७ जनामा संक्रमण दखिएको छ ।

    यस्तै परोहा नगरपालिकामा चार जना, देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो समय थपिएका संक्रमितलाई घरमै छाडिएको छ । जिल्लामा सञ्चालनमा रहेको आइसोलेशन खाली रहेपनि संक्रमितलाई समुदायमै छोड्दा झनै खतरा बढ्न सक्ने भन्दै स्थानीयले विरोध गरेका छन् । सरकारले तोकेको स्वास्थ्य सुरक्षा अपनाइ लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न सक्ने भने पछि जिल्लामा संक्रमतिहरु घरमै बस्न थालेका हुन् ।

    पछिल्लो ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म १ हजार ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमतिमध्ये १ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन् । बाहिरबाट आएर क्वारेन्टाइन बस्नेको संख्या १ सय ५९ जना रहेको जिल्ला प्रशासन कार्यालयका सुब्बा रामनरेश साहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार