Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिदी पहिरोमा बेपत्ता ब्यक्तिहरुको चाँडो उद्दार गरः देउवा


    शुक्रबार, साउन ३० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी र कालिकोटको महाबै गाउँपालिका–३ मा गएको पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरुको जतिसक्दो चाडो उद्दार गर्न सरकारसँग माग गरेका छन् ।

    साथै उनले पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचार गर्ने प्रवन्ध मिलाउन पनि अनुरोध गरेका छन् ।

    उनले पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

    पहिरोका कारण घरवास गुमाएकाहरुलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्त्रण गरेर उचित वासको प्रवन्ध गर्न र आवश्यक क्षतिपुर्ति दिलाउन पनि देउवाले माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार