Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा देखियो कोरोना संक्रमण


    शुक्रबार, साउन ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणममा बोलाइएका राष्ट्रिय फुटबल टोलीका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वाब दिएका ती खेलाडीमा संक्रमण देखिएको हो । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले केहीदिन अघि राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षणको व्यवस्था मिलाएको थियो । ३४ खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गरेकोमा एकजना संक्रमण देखिएको हो । 

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महाशाखाले अब उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एन्फासँग छलफल भइरहेको बताएको छ।

    एएफसीले विश्वकप छनोटका खेल सन् २०२१ सम्म स्थागित गरेपछि बन्द प्रशिक्षणका लागि अएका अन्य खेलाडीहरु पनि घर फर्किएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार