सिन्धुपाल्चोक । जुगल गाउँपालिका लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेका ३७ जना सम्पर्कविहीन छन् । पहिरोमा परी बेपत्ता हुनेहरु अधिकांश तामाङ समुदायका छन् । पहिरोमा परी बेपत्ता हुनेहरुमा मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रीति दोङ, कान्छी दोङ, सानुकान्छी दोङ, वाङ्छीलामा दोङ, धनमाया दोेङ, रेनिस दोङ, मेकमाया दोङ र मिलन दोङ बिमला दोङ छन् ।
त्यसैगरी, माइला पहराङ, प्रकाश दोङ, साइली दोङ, आयुष दोङ, सुवास तामाङ, छविलाल दोङ, सोनरानी दोङ, धनलक्ष्मी दोङ, सिरमाया दोङ, बिकीरानी, बिकी लक्ष्मी, सानुकान्छा दोङ, साङ्लोमा दोङ, सोनाम दोङ, हिरा भक्ति जिते झाँक्री, सानुकान्छी दोङ, दिन्दुस दोङ, सुरज दोङ, सुमन दोङ, करिस्मा दोङ, च्यामा दोङ, साङ दोङ, टीकामाया दोङ र छिरिङ दोङ छन् ।
यसैबीच जुगल गाउँपालिका– २ लिदीमा गएको भीषण पहिरोमा परेकालाई उद्धार गर्न सभामुख अग्निप्रसाद सापकोटालगायतका टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको छ ।