Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायल र यूएईको विवाद समाधान, भयो सम्झौता


    शुक्रबार, साउन ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मध्यपूर्वका दुई मुलुक इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्तामा यी दुई राष्ट्रबीच ७२ वर्षसम्म रहेको असमझदारी हटेको हो । 

    सम्झौतापछि अब इजरायलले पश्चिमी किनारा क्षेत्रलाई फुकुवा गरेर सार्वभौम मान्ने भएको छ । इजरायलको अहिलेसम्म कुनै पनि खाडी देशसँग कूटनीतिक सम्बन्ध छैन । इरानका विषयमा खाडीका मुलुक साउदी अरब, यूएई लगायतले इजरायलसँग गैरआधिकारिक सम्पर्क राख्ने गरेका छन् । 

    अहिलेको सम्झौताले प्यालेस्टायनी नेताहरू आश्चर्यमा परेको बताइएको छ । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासका प्रवक्ताले यो डील प्यालेस्टाइनीहरूमाथिको धोका भएको बताए । यसको विरोध गर्दै प्यालेस्टाइनले यूएईबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । 

    ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अबु धाबीका युवराज मोहम्मद अल नाह्यानबीच भएको सम्झौतालाई  ऐतिहासिक घटनाको संज्ञा दिएका छन् ।

    सन् १९४८ मा बनेको देश इजरायलले अरब मुलुकहरूसँग गरेको यो तेस्रो सम्झौता हो । त्यसअघि इजरायलले इजिप्ट र जोर्डनसँग सम्झौता गरेको थियो । 

    ट्रम्पले भने, ‘अब सम्बन्धहरूमा आइसब्रेक भएको छ । अन्य मुस्लिम देशहरूले यूएईलाई अनुसरण गर्नेआशा लिएको छु ।’

    सम्झौतासँग दुई देशले उडान आरम्भ गर्ने र यूएईका मुसलमानहरू जेरुसेलममा रहेको अल–अक्सा मस्जिद जान पाउनेछन् । 

    चुनाव नजिकिएको अवस्थामा ट्रम्पको परराष्ट्रनीति सम्बन्धी यो उपलब्धिलाई ठूलो जित भनिएको छ । 

    यस सम्झौतापछि यूएईलाई इजरायलका तर्फबाट आर्थिक, सुरक्षा र विज्ञानको क्षेत्रमा ठूलो लाभ प्राप्त हुन सक्छ । उनीहरूको साझा शत्रु इरानको शक्ति लगातार वृद्धि भइरहेको बेलामा यो सम्झौता भएको हो । 

    इजरायल र यूएईबीच भएको ऐतिहासिक शान्ति सम्झौतापछि संसारभरिका मुस्लिम देशमा इजरायलको स्वीकार्यता बढ्नेछ । इजरायलको सुरक्षालाई पनि यसले प्रत्याभूति गर्नेछ ।

    पश्चिम एसियाका देशहरूसँग सम्बन्ध सुधार्न इजरायलले लामो समयदेखि प्रयास गरिरहेको थियो । यसमा उसले सफलता पाएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार