वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४९ जना संक्रमितमध्ये २६ जना पर्साका, १९ जना बाराका छन्र । एकजना वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारीमा समेत संक्रमण पुष्टि भएको हो ।
पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १२ महिलासहित दुई वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक/एकजना स्टाफमा कोरोना देखिएको हो । अस्पतालका तीन जना कूचिकार, ती जना सुरक्षागार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
चार जना संक्रमितमा खोकी र ज्वरोको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षण गर्न आएका ६ जनामा कोरोना पुष्टि भएको छ । ग्लोबल आईएमई बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । जितपुरस्थित आर्मी ब्यारेकका एक जवानमा पनि कोरोना पुष्टि भएको छ