काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा १ सय २७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै ललितपुरमा ११ र भक्तपुरमा पाँच जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो।
बिहीबार थपिएको सहित राजधानीमा संक्रमित संख्या १ हजार ५ सय ७५ पुगेको छ।