काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २५ संक्रमित भेटिएको जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।
बिहीबार कुल १ सय ९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना संक्रमण मुक्त भइ १६ हजार ९ सय ३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
विगत २४ घण्टामा ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ।