काठमाडौं । प्रदेश २ मा यतिबेला कोरोना संक्रमण व्यापक बनेको छ । प्रदेश सरकारले यस्तो अवस्थामा प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेप्नु परेको छ । योसँगै सरकार परिवर्तनको चर्चा पनि चल्न थालेको छ । तर सरकार परिवर्तनको तयारी भने महामारी सुरु हुनु भन्दा अघिको रहेको थाहा भएको छ ।
प्रदेश २ मा मुख्यमन्त्री बनेसँगै लालबाबु राउतले केन्द्र सरकारसँग जोरी खोज्न कुनै कसर बाँकी राखेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा उनले कुटनीतिक मर्यादालाई कुल्चेर संविधान संशोधन नभएको गुनासो पोखेका थिए । त्यसयता नै उनको केन्द्र सरकारसँग सम्बन्ध राम्रो छैन । बारम्बार उनले दिने अभिव्यक्तिबाट पनि उनको केन्द्रसँगको सम्बन्ध प्रष्ट हुन्छ ।
मुख्यमन्त्री राउतको सम्बन्ध केन्द्रसँग मात्र हैन, आफ्नै पार्टीबाट सो प्रदेशका अर्थमन्त्री बनेका विजय यादवसँग पनि राम्रो छैन । विजय यादव पनि प्रदेश २ मा मुख्यमन्त्री प्रत्यासी थिए । तर राउत मुख्यमन्त्री बनेसँगै दुईबीचको सम्बन्ध सुमधुर हुन सकेन। अझ विशेषगरी विजय यादवले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै दुई बीचको विवाद पार्टीमा भुसको आगो झैं सल्किएको थियो ।
अहिले सोही विवादको कारण प्रदेश २ को सरकार परिवर्तनको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा) निकट स्रोतको दावी छ ।
यी दुईले सरकार सञ्चालनको क्रममा व्यवसायिक स्वभाव प्रदर्शन नगरी एक अर्कालाई असफल बनाउन हरसम्भव प्रयास गरेको ती स्रोत बताउँछन् ।
यस्तैगरी सरकार सञ्चालनमा पनि मुख्यमन्त्रीको फितलो प्रदर्शनका कारण पनि सरकार परिवर्तन हुन लागेको जानकारहरु बताइरहेका छन् । विशेषगरी मुख्यमन्त्री राउतमा मन्त्री परिचालनमा कमजोरी, भ्रष्टाचारलाई प्रश्रय, प्राथमिकता तोक्न असफल जस्ता कारणले पनि सरकार परिवर्तनको विकल्प नरहेको चर्चा जसपा वृत्तमा चल्ने गरेको छ ।
सरकार परिवर्तनको कारण भने मुख्यमन्त्री राउत मात्र नभइ अन्य प्रदेश मन्त्री पनि रहेको बुझिएको छ । प्रदेश २ का मन्त्रीहरु अहिले कमाउ धन्दामा लागेको जसपाकै नेताहरुको आरोप छ । अर्थमन्त्री विजय यादवले आफ्ना दाइलाई २१ करोडको ठेक्का दिएको आरोप लागेको छ । यस्तै सामाजिक विकास मन्त्री नवलकिशोर साहले आफ्ना छोरालाई कुस्त पैसा कमाउने ठेक्का दिने लगायतको कमिशनमुखी काम गरेको बताइएको छ ।
यी सबै गुनासो जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवकहाँ पुगिसकेको छ । यो विषयमा पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र कार्यकारिणी समितिका सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव, अनिलकुमार झा र शरतसिंह भण्डारीहरु समेत जानकार छन् ।
यी कारणहरुले प्रदेश २ सरकार परिवर्तन गर्नको लागि पार्टीले मनसाय बनाइसकेको स्रोतले बताएको छ । सोहीकारण यसका लागि पार्टीका शीर्ष नेताहरु घनिभूत छलफलमा व्यस्त रहेको थाहा भएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बनेको जसपामा यतिबेला शक्ति सन्तुलनको समेत आवश्यकता रहेको बुझिएको छ । प्रदेश २ मा दुई पार्टीको दुई संसदीय दलको नेतासमेत भएकाले अब एउटै नेता चयन गर्नु पर्ने भएको छ ।
योसँगै सरकार परिवर्तनको समेत बाटो खुल्ने जसपाका एक नेताले बताएका छन् ।
केन्द्रमा एकीकरण भैसकेको यो पार्टीको अन्य तहमा एकीकरण भएसँगै सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु समेत परिवर्तन हुने भएको हो । पार्टी एकीकरणपछि भने जसपाको संसदीय दलको नेतामा तत्कालीन राजपाले दावी गरिरहेको छ । तर मुख्यमन्त्री भने पूर्व समाजवादीले नै पाउने आँकलन गरिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend