Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्रक र अटो ठोक्किँदा दुईको मृत्यु


    बिहिबार, साउन २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार हेटौंँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंँडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो ठोक्किँदा दुर्घटना भएको हो । घटनास्थलमै मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका ५ डिल्लीपुरका करीब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन छन् । घाइते अटो चालक मनहरी– ५ वसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार