Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरिया मलको चरम अभाव


    बिहिबार, साउन २९ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इनरुवा । सुनसरीमा कृषकलाई धान बालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित हरिनगर, कोशी, भोक्राहा नरसिंह, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाकालगायतका कृषकलाई धानबालीमा प्रयोग गर्नका लागि आवश्यक पर्ने युरिया मलको अभाव भएको हो ।

    कडा मेहनत र ठूलो लगानी गरेर धानखेती गरेको भए पनि युरिया मलको अभाव भएको देवानन्जका कृषक चन्दन मेहताले बताउनुभयो । नेपाली बजारमा युरिया मल सहजरुपमा नपाउँदा कृषकलाई समस्या भएको कृषक मेहताको भनाइ छ । कोरोना भाइरस महामारीका कारणले ठूलो आर्थिक नोक्सानीको सामना गरेका कृषकले अहिले आएर धानखेती गरेको भए पनि समयमा युरिया मल नपाएका कारणले झन समस्या भएको कृषक वीरेन्द्र यादवले बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सिमाना सिल गरेकाले भारतीय युरिया मलसमेत ल्याउनका लागि समस्या भएको कृषकले बताएका छन् । पर्याप्तमात्रामा युरिया मल बजारमा नपाएका कारणले उत्पादनमा कमी आउने कृषकले बताएका छन् । अहिले बजारमा युरिया मलको अभाव भएको साल्ट ट्रेडिङ विराटनगरका प्रमुख राधेश्याम चौधरीले बताउनुभयो । उहाँले युरिया मल आउने क्रममा रहेकाले भदौ २ गतेदेखि बजारमा पर्याप्तमात्रमा मल पाउने बताउनुभयो ।

    कोरोना भाइरसका कारणले सीमानाकालाई सिल गरेको भए पनि सुनसरीमा चोरी तस्करी भएर भारतीय युरिया मल आउने गरेको स्थानीय व्यापारीले बताएका छन् । खुला सीमा कारणले भारतीय युरिया मल नेपाली बजारमा आउने गरेको तर त्यसको मूल्य अधिक पर्ने गरेका कारण कृषकलाई समस्या भएको इनरुवा– १ स्थित कुशवाह एग्रोभेटका सञ्चालक पञ्चदेव मेहताले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार