Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सकियो ओली–प्रचण्ड छलफल, दुबै पक्ष केही लचक


    बिहिबार, साउन २९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

    ११ बजे देखि सुरु भएको छलफलमा दुबै पक्षले आफ्नो अडानमा लचकता देखाएको बालुवाटार स्रोतले बताएको छ । अरु दिनको तुलनामा आजको छलफल उपलब्धिमुलक रहेको समेत दावी गरिएको छ ।

    आज करिब ४ घण्टा चलेको छलफलले अन्योलमा रहेको नेकपा विवादमा समाधानको सम्भावना बढेको देखिएको छ । 

    पछिल्लो नौ दिनदेखि फोन मार्फत् वार्ता समेत हुन छाडेपनि आज भने लामै छलफल चलेको हो । 

    पछिल्लो पटक प्रम ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेसँगै दुई पक्षबीचको विवाद थप बढेको थियो। त्यसपछि प्रम ओलीका सहयोगी विष्णु पौडेल र सुवास नेम्वाङहरुले प्रचण्डसँग वार्ता गरेपनि कुनै टुंगो लाग्न सकेको थिएन । 

    तर बुधबार प्रम ओलीले एक टेलिभिजन अन्तर्वार्तामा नेकपाको विवाद केही दिनमा समाधान हुने ठोकुवा गरेका थिए । उनले पाँच दिनभित्र पार्टी विवाद समाधान हुने दावी गरेका थिए । 

    योसँगै सुरु भएको छलफललाई नेकपा वृत्तले चासोको साथ हेरिरहेको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार