Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थुकको छिटा आँखामा परे कोरोना सर्छ- डा. पुन


    बिहिबार, साउन २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमितको थुकको छिटा आँखा सर्ने जनस्वास्थय विज्ञले बताएका छन् । बोल्ने क्रममा थुकको छिटा नाक वा मुखमा मात्र नभइ आँखा परेपनि संक्रमण सर्न सक्ने बताइएको हो । 

    बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा प्रश्न सोध्नेले मास्क लगाएकाले आफूले मास्क खोलेको जवाफ दिएका थिए । 

    डा. पुनले मास्क लगाउनुको अर्थ आफूलाई संक्रमण नसर्नु मात्र नभइ अन्यलाई सर्न सक्ने जोखिम पनि कम हुने बताए । उनले भने, ‘नाक मुख आखामा संक्रमितको थुकको छिटा पर्दा कोरोना सर्ने भएको र मास्क लगाउदा आखा नछोपिने हुदा दुवैले मास्क लगाएर कुरा गर्दा जोखिम न्यून हुने हो।’

    पछिल्लो समय नेपालमा कोरोना संक्रमण फैलिइरहेको छ । काठमाडौं, पर्सा, धनुषा लगायतमा उच्च ओहोदाका व्यक्तिहरुमा नै संक्रमण देखिएको छ । 

    तर संक्रमण फैलिएपनि बैठक, भेटघाट लगायतका कामहरु भैरहेको छ । उच्च ओहोदाका व्यक्तिको कारण पनि कोरोना संक्रमण फेलिनतर्फ सचेत हुन जनस्वास्थ्य विज्ञ डा. शेरबहादुर पुनले आग्रह गरेका छन् । उनको आशय प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको बुझ्न कठिन छैन।

    प्रम ओलीको प्रवृत्ति पछिल्लो समय व्यापक रुपमा देखिने गरेको छ । यही प्रवृत्तिलाई लक्षित गर्दै डा. पुनले आग्रह गरे, ‘उच्च ओहोदाकोले मास्क नलगाई दिदा र बढी उनीहरु नै बोल्दा छेउको व्यक्तिको आखामा छिटा पर्न सक्नेछ । दुवै तर्फ़ मास्क लगाऔं।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार