काठमाडौं । कोरोना संक्रमणको चपेटामा परेको पर्साको प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।
गृह मन्त्रालयले सहसचिव अस्मान तामाङलाई पर्साको नयाँ सीडीओ बनाएर पठाएको छ। यसअघि तामाङ धादिङमा प्रजिअ रहेका थिए। उनले बिहीबार देखि पर्साको जिम्मेवारी सम्हाल्ने गरी गएका हुन् ।
यसअघि मन्त्रालयले पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतलाई सरूवा गरेको थियो। कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरूलाई सरुवा गरिएको थियो।
कार्कीलाई गृह मन्त्रालयमा र बस्नेतलाई ललितपुरको सहायक प्रजिअका रूपमा सरूवा गरिएको गृह मन्त्रालयले जनाएको छ।