वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षण थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती ३७ जना संक्रमितमा १२ जना महिला रहेका छन् ।यो क्षेत्रमा पछिल्लो समय थुप्रै कोरोना संक्रमित भैटिन थालेका छन् ।
यसरी भैटिएकामध्ये २६ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । एक जना संक्रमित बारा परसौनीका हुन् ।