Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वडा नं १४ मा अत्यावश्यक बाहेकका पसल बन्द


    बिहिबार, साउन २९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ क्षेत्रमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि अत्यावश्यक बाहेकका पसलहरू बन्द गरिएका छन्।

    बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको हो।

    अहिलेसम्म वडा नम्बर १४ मा मात्रै २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन्। संक्रमित बढेसँगै जोखिम पनि बढेकाले अनावश्यक गतिविधि कम गर्न पसलहरु बन्द गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार