Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोली देखि लामो दूरीको यातायात सेवा बन्द


    आइतबार, चैत्र ९ २०७६
    710
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत । भोलीदेखि लामो दुरीको सवारीसाधन नचल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै सोमबार देखि लामो दूरीको सवारी साधनमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम भोलीबाट लामो दुरीको सवारी साधन बन्द हुने भएका हुन् । 

     

    यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल कानुनतमा २ सय ५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिने भए पनि हालको परिस्थतिमा त्यसलाई आधार मान्न नमिल्ने उल्लखे गरेका छन् । 

    कोरोनको संक्रमण नफैलियोस् भनेर लामो दूरीको सञ्चालनमा रोक लगाइएको बताएका छन् । उनले भने,  एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ  ।’ 

    हालको परिस्थितिमा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रने सार्वजनिक यातायातमा रोक लगाइने उनले बताए।

    ‘त्यस्तै उपत्यका बाहिरको हकमा जिल्लाभरि सार्वजनिक यातायात चल्न पायो तर जिल्लाको नाका कटेर जान पाउँदैन,’ उनले भने।

    निजी सवारी साधन वा मोटरसाइकलरस्कुटरको हकमा भने हालसम्म कुनै निणर्य नभएको उनले जानकारी दिए।

    सरकारले गरेको निणर्यमा यातायात व्यवसायी समेत समर्थन दिएका छन्् ।   नेपाल यातायात व्यवसायी महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले माक्स र गाडी सफा गर्नको लागि सेनिटाइजर अभाव हुँदा यातायात व्यवसायीलाई छोटो दूरीमा यातायात सेवा दिन समस्या भएको बताए।

    उनले भने, बजारमा सेजिटाइजर अभाव छ, मास्क छैन। त्यसको व्यवस्था भयो भने हामी निर्धक्क भएर यातायात सेवा दिन सक्छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार