Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित थपिने क्रम तीव्र, आज मकवानपुरमा ३७ र विराटनगरमा २७ जना थपिए


    बिहिबार, साउन २९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएका परीक्षणमध्ये बिहीबार ३७ जनामा कोरोना पुष्टि भएको जिल्ला अस्पताल मकवानपुरले जानकारी दिएको छ ।

    संक्रमितमध्ये १० जना नेपाल प्रहरीका, १८ जना हेटौंडा उपमहानगरपालिकाका, भिमफेदी नगरपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २, चितवन र काठमाडौंका १–१ जना रहेको बताइएको छ ।

    यस्तै विराटनगरमा पनि बिहीबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणपछि २७ जनामा भने कोरोना पोजेटिभ देखिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार