Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रणव मुखर्जीका छोराले भने, ‘भारतका मिडिया झूठा समाचारका कारखाना’


    बिहिबार, साउन २९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्युको हल्ला चलेपछि उनका छोरा अभिजितले यसको खण्डन गरेका छन् । 

    कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका मुखर्जीको स्वास्थ्य अवस्था खराब रहेको बताइएको छ । उनको अवस्था बिग्रिएको देखि उनको मृत्युसम्मको हल्ला भारतीय मिडियामा व्याप्त छ। 

    यस्तोमा प्रणव मुखर्जीका छोरा अभिजितले ट्वीटमार्फत आफ्नो पिताको स्वास्थ्य अवस्था स्थीर रहेको बताएका छन् । उनले भारतीय मिडियासँग आक्रोश पनि पोखेका छन् । 

    ‘प्रतिष्ठित पत्रकार र सोसल मिडियामा आएका अड्कलबाजी र झूठा समाचारले स्पष्ट रुपमा देखाएको छ कि भारतीय मिडिया झूठा समाचार बनाउने कारखाना बनेको छ,’ अभिजितको ट्वीटमा उल्लेख छ । 

    सोमबार मस्तिष्क सर्जरी गरिएका मुखर्जी आरआर अस्पतालमा उपचाररत छन्। हाल मुखर्जी अचेत भएको र उनको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ।

     

    tweet.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार