Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • ओली-प्रचण्डबीच बालुवाटारमा छलफल सुरु


    बिहिबार, साउन २९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अन्योलमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा समाधानको प्रयास फेरि सुरु भएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्वादहिनता तोडिएसँगै समस्या समाधानको प्रयास भएको हो । 

    पछिल्लो नौ दिनदेखि फोन मार्फत् वार्ता समेत हुन छाडेपनि बिहीबार भने ओली र प्रचण्डबीच भेट भएको छ । केहीसमय अघि प्रम ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । दुईबीचको छलफल सुरु भैसकेको छ । 

    पछिल्लो पटक प्रम ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेसँगै दुई पक्षबीचको विवाद थप बढेको थियो। त्यसपछि प्रम ओलीका सहयोगी विष्णु पौडेल र सुवास नेम्वाङहरुले प्रचण्डसँग वार्ता गरेपनि कुनै टुंगो लाग्न सकेको थिएन । 

    तर बुधबार प्रम ओलीले एक टेलिभिजन अन्तर्वार्तामा नेकपाको विवाद केही दिनमा समाधान हुने ठोकुवा गरेका थिए । उनले पाँच दिनभित्र पार्टी विवाद समाधान हुने दावी गरेका थिए । 

    योसँगै सुरु भएको छलफललाई नेकपा वृत्तले चासोको साथ हेरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार