Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • कोरोना अस्पतालमा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ आएपछि…


    बिहिबार, साउन २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही। बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार २५ वर्षीय युवा प्रदीप तेलीको मृत्यु भयो । कोरोनाको आशंका गर्दै कोरोना संक्रमितको रुपमा उपचार गरिएका उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

    तेलीको मिर्गौला फेल भएको अस्पतालले जनाएको छ । उनी साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए । आउँदा नै बिरामी परेका उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए ।

    श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई कोरोना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    बुधबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको थियो । बुधबार साँझ आएको पीसीआर रिपोर्टमा तेलीलाई कोरोना संक्रमण नदेखिएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार