Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालोबजारी गर्ने चार पक्राउ


    आइतबार, चैत्र ९ २०७६
    885
    Shares
  • १ मिनेट पाठ
  • जनकपुर, ९ चैत । जनकपुरधाममा विभिन्न सामग्रीमा कालोबजारीगर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा मास्क र सेनिटाइजरमा कालोबजारी गर्न चार जनालाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार जनकपुरधाम ४ स्थित सुस्मिता मेडिकलका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका ८ बस्ने संजय साह र जनकपुरधााम ४ स्थित सम्पूर्ण मेडिकलबाट सोही ठाउँका ३२ वर्षीय संजय साह पक्राउ परेका हुन्। यी दुबैले मास्कमा कालोबजारी गरेको प्रहरीको भनाइ छ ।

    यस्तै, जनकपुरकै भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका ६ बस्ने ३० वर्षीय प्रभन्स चौधरीलाई पक्राउ गरिएको छ । यी दुबैले सेनिटाइजरमा कालोबजारी गरेको धनुषा प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार