Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द 


    आइतबार, चैत्र ९ २०७६
    605
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ९ चैत । आजदेखि मुलुकभरका सरकारी तथा निजी कार्यालयका अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द भएका छन् । नेपाल सरकारले विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनको लागि सेवा बन्द गराएको हो । 

    गत शुक्रबार साझ प्रधानमन्त्री केपी शर्मा ओलीले  देशबासीको नाममा सम्बोधन गरेका थिए । उक्त सम्बोधनमा उनले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सबै सेवा बन्द गर्न आदेश दिइएको थियो । सोही बमोजिम आज देखि आगामी २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा .ठप्प हुनेछ । 

    नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द हुने गृह मन्त्रालयले जानकारी गराइसकेको । यस्तै आजैदेखि १८ सम्मका लागि अन्तर्राष्ट्रिय उडान पनि बन्द गरिएको सरकारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार