काठमाडौँ । सिरहामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका-७ फुलबरियामा मोटरसाइकल पल्टिदा उनको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय प्रवीण तिवारी रहेका छन् । मंगलम अस्पतालबाट थप उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल लैजाने क्रममा तिवारीको बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।