Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा शिक्षक हत्या काण्ड: पक्राउ परेका श्रीमान–श्रीमाती सार्वजनिक


    बिहिबार, पुष ७ २०७९
    835
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ। गत शनिबार पुस २ मा बैतडीको पाटनमा शिक्षक धनबहादुर विष्ट मृत अवस्थामा भेटिए । जिल्लाको सुर्नया गाउँपालिकाको ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न श्रीमान–श्रीमातीलाई सार्वजनिक गरिएकाे छ ।

    जिल्ला प्रहरी कार्यालय बैतडीले आज बिहीबार पत्रकार सम्मेलन गरेर ती अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । बिष्टको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजाबहादुर बोहरा र विमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो । 

    कृष्ण माविमै कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययनरत विमला छात्रावासमा बस्दै आएकी थिइन् । प्रजा र विमला नातामा श्रीमान–श्रीमती हुन् । 
    १ पुसमा राति शिक्षक विष्टले विमला बोहरामाथि अभद्र व्यवहार गरिरहेको देखेपछि उनका श्रीमानले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    विमलालाई अभद्र व्यवहार गरेको झोंकमा उनका श्रीमान प्रजाले शिक्षक बिष्टलाई मुक्का हानेर सिँढीबाट ढलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले भने, ‘पुस १ गते साँझको समयमा विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्केकी र ढिलो गर्दा प्रजा बोहराले खोजी गर्दा शिक्षक बिष्टले अँगालो हालेको देखेपछि प्रजा बोहराले शिक्षक बिष्टलाई मुक्का हानेर ढलाए । त्यसपछि प्रजाले उनको छाती र मुखमा हानेर हत्या गरे ।’

    प्रजाले शिक्षक बिष्टलाई ढलाएपछि एकजनाले खुुट्टा र अर्काले टाउको तर्फ आक्रमण गर्दै हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि शिक्षको शव दुवैजना मिलेर रम्बासको झ्याङमा फालेको प्रहरीको भनाइ छ । 

    अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । घटनामा अरु संलग्नताका विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

    मृतकका आफन्तले उनको हत्या भएको आशंका गरेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार