Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर बजारमा १३.२९ अंकको  गिरावट 


    बिहिबार, पुष ७ २०७९
    545
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १३.२९ अंकले ओरालो लागी १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ । हिजो बुधबार नेप्से परिसूचक ५.८९ अंकले ओरालो लागेर १८६७.२२ विन्दुमा रोकिएको थियो।  
     
    आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा कारोबार एक अर्ब ८ करोड ३९ लाखभन्दा बढी पुग्यो । बुधबार नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा कारोबार रकम ८६ करोड ३८ लाख १७ हजार  थियो। 

    यस्तै, आज नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक धेरै भएको छ । सो कम्पनीको १४ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । एनआइसी एसिया बैंकको ५ करोडभन्दा बढीको कारोबार भएको छ ।

    यता, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

    आज १३ वटा उपसूचकहरुमध्ये तीन कम्पनीको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य सूचकको २ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार